काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट एशोसिएसन नेपाल (क्यान) ले वेस्ट इन्डिज ‘ए’ टुर अफ नेपाल सिरिज खेलका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलि घोषणा गरेको हो ।
नेपाली टोलीमा टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।
नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। क्यानका अनुसार वैशाख १६ गते, वैशाख १९ गते , वैशाख २० गते र अन्तिम खेल वैशाख २२ गते हुनेछ।
प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।