क्यान्सर पीडित नौ वर्षिया बालिकालाई एक लाख सहयोग

क्यान्सर पीडित नौ वर्षिया बालिकालाई एक लाख सहयोग

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • क्यान्सर पीडित नौ वर्षिया बालिकालाई एक लाख सहयोग

    भक्तपुर । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित नौ वर्षिया बालिकालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भक्तपुर गत चैत २२ गतेदेखि बैशाख २ गतेसम्म सम्पन्न महोत्सवबाट संकलन भएको रकमबाट भक्तपुरको मध्यपुर थिमि नगारपालिका–३ गठ्ठाघर निवासी ब्लड क्यान्सर पीडित नौ वर्षिया बालिका समिला लावतीलाई एक लाख रुपैया सहयोग गरिएको हो । मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेकी बालिकाको खातामा सो रकम पठाएको छ । 

    एक दशकदेखि भक्तपुरमा महोत्सवको आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ । सोहि अनुसार यसवर्ष क्यान्सर पिडित बालिकालाई सहयोग गरिएको महतले बताए । आर्थिक अवस्था कमजोर रहेपनि नेपालमा उपचार सम्भव नभएपछि लावती नयाँ दिल्लीमा उपचार गराई रहेकी छिन् । लावतीलाई सहोग गर्न चाहनेले समिला लावतीको एभरेष्ट बैंकमा रहेको खाता नं. ०१२१०५०१२०००१२ मा रकम पठाएर सहयोग गर्न सक्नु हुनेछ । 

     त्यसैगरी औद्योगिक शान्ति नेपाल संस्थाले अनाथ असाहाय सडक मानवको उद्धार र पालन पोषण गर्दै आएको मानव कल्याण समाज भक्तपुरलाई दश हाजार रुपैया प्रदान गरेको छ । सो रकम समाजको खातामा पठाइएको मेला आयोजक समितिका संयोजक दिपक थापाले बताए । संस्थाले हरेक वर्ष मेलाका अवसरमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई समेत नगदसहित सम्मान गर्दै आएको छ । 

    यसैबीच औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार सो महोत्सव बैशाख १९ गते सम्म संचालन हुनेछ । जहाँ दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति भइरहेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij