भक्तपुर । भक्तपुरमा शनिवार भएको मोटरसाइकल दुुर्घट्नामा एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ आँउदै गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं. को मोटरसाईकल चाँगुनारायण नगरपालिका –७ भद्रकालीमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुुर्घट्नामा परेर मोटरसाईकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बस्ने वर्ष ४० को रामराज राईको मृत्यु भएको हो । गम्भिर घाईते राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा शनिवारसाँझ मृत्यु भएको जनाइएको छ।
दुर्घटना भएको मोटरसाईकल र चालक जिल्ला उदयपुर गाईघाट घर भई खरिपाटी बस्ने बर्ष २४ को अबिन कुमार सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।