काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानको लागि नेपालल आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनलमा यूएईसँग छ विकेटको हार व्यहोरेपछि उपाधि दावेदार नेपाल सेमिफाइनलमै रोकिएको थियो ।
सेमिफाइनलमा ब्याटिङ नचल्दा यूएईसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो सेमिफाइनलमा ओमानसँग पराजित हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। समूह चरणमा ८ विकेटको सहज जित निकालृको हङकङलाई पराजित गरे नेपालले इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाउने छ।
सो प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाकाका ए टोली सहभागी हुनेछन्। हङकङलाई ५ विकेटले पराजित गरेको ओमान र नेपाललाई पाखा लगाउदै फाइनलमा स्थान बनाएको यूएईबीच आइतवार उपाधि भिडन्त हुनेछ ।
फाइनल पुगेका ओमान र यूएई भने इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएका छन् । उपाधि विजेताले आगामी एशिया कपमा स्थान बनाउने छन् ।