आठ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

आठ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • आठ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

    भक्तपुर । नयाँ वर्ष २०८१ सालका अवसरमा भक्तपुरमा गत चैत २२ गतेदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०/८१’ को सम्पन्न भएको छ । 

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सवमा आठ करोडको कारोबार गर्दै महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।  मानवीय दैनिक जीवनमा अत्यावश्यक पर्ने सम्पूर्ण सामान एकै ठाउँमा पाइने गरी आयोजना गरेको महोत्सवमा करिब दुई लाख उपभोक्ताले अवलोकन गरी महोत्सवबाट लाभ लिएको उहाँले बताए। 

    स्थानीय उत्पादनदेखि देश विदेशका सामानलाई सुपथ मूल्यमा उपलब्ध गराएको भन्दलै उनले एक सय ५० स्टल रहेको महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेकट्रोनिक्स सामानलगायत स्टलबाट उपभोक्ताले लाभ लिएको बताए । 

    महोत्सवमा कृषि तथा हस्तकलाका सामग्रीहरू, भाँडाकुँडाका सामग्रीहरू, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने जानकारी दिँदै उहाँले बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिएको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, भक्तपुरको मौलिक उत्पादनका प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा एसियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादू, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्यव्यङ्सहित मनोरञ्जनात्मक प्रस्तुति समेत रहने उनले बताए ।  

    यही वैशाख ३ गते आज नेपाली भाषी भारतीय गायक विपुल क्षत्रीको लाइभ कन्सर्टको समेत आयोजना गरिएको मेला आयोजक संस्थाका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो । हरेक दिन ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको आज कन्सर्ट गरेर मनोरञ्जन प्रदान गरेको उनले बताए। 

    पत्रकार ढकाल र उत्कृष्ट खेलाडीलाई पुरस्कार 

    संस्थाले भक्तपुरमा रहेर लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाललाई नगद पाँच हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । काभ्रेमा जन्मिएर कर्मथलो भक्तपुर बनाएका पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेको जनाउँदै महोत्सव समापन कार्यक्रममा संस्थाले पुरस्कारसहित सम्मान गरेको हो ।  कार्यक्रममा प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष, नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सहसचिव ढकाललाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले सम्मान गरेका हुन् । 

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेलाडीहरुमध्ये भलिबल खेलका प्रशिक्षक तथा पूर्वखेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टोलीका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij