भक्तपुर । भक्तपुरमा जिल्लामा लामो समयदेखि पत्रकारिता सक्रिय पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । औद्योगीक शान्ति नेपाल संस्थाले आयोजना गरेको आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव समापनका अवसरमा ढकाललाई सम्मान गरिएको हो ।
पत्रकार ढकाल जिल्लामा करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । विगतका समदूरी साप्ताहिक, सौर्य दैनिक, रातोपाटी डटकम हुदैं हाल नयाँ नेपाल न्युजको कार्यकारी सम्पादक रहेका ढकाललाई नगद ५ हजारसहित सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका ढकाल, प्रेस चौतारी भक्तपुरका अध्यक्ष र राष्ट्रिय संचार केन्द्रका सचिव समेत हुन् । मेला समापनकै अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत सम्मान गरिएको थियो । सोहि क्रममा सम्मानीत हुनेमा भलिबलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वन रहेका छन् ।
उनीहरुलाई जनही.५ हजारसहित सम्मान गरिएको थियो । चैत २२ गतेदेखि सञ्चालन भएको महोत्सवमा करिब ८ करोड रुपैया बराबरको कारोबार भएको आयोजक औत्रोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।