‘नयाँ वर्ष’को दिन भक्तपुर महोत्सवमा ‘सांगीतिक उत्सव’ हुने

‘नयाँ वर्ष’को दिन भक्तपुर महोत्सवमा ‘सांगीतिक उत्सव’ हुने

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • ‘नयाँ वर्ष’को दिन भक्तपुर महोत्सवमा ‘सांगीतिक उत्सव’ हुने

    भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिबार सांगीतिक उत्सव हुने भएको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा २०८१ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

    हालसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको महोत्सवमा राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसेकाछन् । 

    नयाँ वर्षको दिन भोली मन्जु पौडेल, सुविज्ञा पोखरेल, बैकुन्ठ महत, मदन विष्ट, कमल खत्री, रुविसा श्रेष्ठ, सागर लम्साल, प्रतिव हुमागाईले प्रस्तुति दिनुहुनेछ, अध्यक्ष महतले भने । त्यसैगरि अन्य कलाकारहरुमा गणेश के।सी, हर्कुलास बस्नेत, महेश काफ्ले, मानस राज, कपिल कसपाल र अनित विष्टले दर्शकहरुललाई मनोरञ्जन दिनेछन् । 

    नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए । 

    “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ । 

    महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने ७० रुपैयाँको टिकट लाग्ने संयोजक थापाले बताए । महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij