गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको मृत्यु

गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको मृत्यु

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको मृत्यु

    भक्तपुर । भक्तपुरको गठ्ठाघर–जडिबुटी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक २१ वर्षीय युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार आज बिहान करिब ४ बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई उपचारका लागि भक्तपुरस्थित अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल र मृतक युवकको थप विवरण भने खुल्न सकेको छैन ।

    यसैबीच, गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij