दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    दोलखा । दोलखाको लामाबगरमा सुख्खा पहिरो जाँदा एक जनाको ज्यान गएको छ । अन्य दुई घाइते भएका छन् । दोलखाको बिगु गाउँपालिका–१ लप्ची जाने सडकमा सुख्खा पहिरो खस्दा बिगु–१ का २२ वर्षीय कुसमान तामाङको ज्यान गएको हो । 

    बिगु गाउँपालिका–१ लामाबगरबाट लप्ची जाने बाटोमा एक्कासि सुख्खा पहिरो झर्दा ढुंगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदार तामाङको प्रहरीले जनाएको छ ।  दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार, नासा हाइड्रोका कामदार स्थानीय ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाईते भएका छन्।

    पहिरो खसेपछि लामाबगरबाट लप्ची जाने बाटो अवरुद्ध भएको छ। मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन नसकेको बताइएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij