डोलेश्वरको श्रावणी मेलामा ५० लाख भक्तजन, एक करोड भेटी संकलन

डोलेश्वरको श्रावणी मेलामा ५० लाख भक्तजन, एक करोड भेटी संकलन

आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • डोलेश्वरको श्रावणी मेलामा ५० लाख भक्तजन, एक करोड भेटी संकलन

    भक्तपुर । भक्तपुरको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालित ३८ दिने श्रावणी मेलामा ५० लाख भक्तजन आएका छन् । साउन १ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित मेलाको शनिबार साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरे ।

    मेला समापनका अवसरमा बोल्दै नगरप्रमुख थापाले डोलेश्वरलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले काम गर्दै आएको बताउँदै आगामि दिनमा पनि मन्दिर परिसरका बाँकी काम सम्पन्न गर्न नगरपालिकाले सहयोग गर्ने बचन दिए । 

    bashu puja.jfif

    सूर्यविनायक नगर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले ‘शिव सर्किट’ निर्माण गरिएको जानकारी दिदै नगर प्रमुख थापाले शिव सर्किटले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न मद्धत पुग्ने बताए। डोलेश्वरमा गरिएको लगानीले उल्लेख्य मात्रामा प्रतिफल समेत दिइरहेको र भविश्यमा त्यो मात्रा अझ बढेर जाने नगर प्रमुख थापाको भनाई थियो । 

    समापन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यसहित विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा बोल्दै वडा नं। ७ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र सापकोटा र वडा नं। ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरको महिमा पछिल्लो समय नेपालमा मात्र सिमित नभएको उल्लेखगर्दै आगामि दिनमा विश्वभरका हिन्दू धर्मावलम्बीको आस्था र पहिचानसँग जोडिएको धार्मिकस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

    basu dev thapa.jfif

     केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलामा करिव ५० लाख भक्तजन सहभागि भएको बताउँदै मेलाबाट करिब एक करोड रुपैयाँ भेटी संकलन भएको  जानकारी दिए । डोलेश्वरलाई २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । 

    यही अवसरमा शनिबार मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि खुला गरिएको बस्नेतको भनाई थियो । समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार केदारनाथको शिर घोषणा गरिएको दिनका अवसरमा शनिवार भक्तजनलाई भित्रै प्रवेश गरी शिला छोएर पूजा गर्ने व्यवस्था मिलाइएको थियो । वर्षमा तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते यस्तो व्यवस्था हुँदै आएको अध्यक्ष बस्नेतको भनाई छ । 

    dole-3.jfif

    साउने मेलामा साँझको समयमा समेत भक्तजनको आकर्षण बढाउन सन्ध्याकालीन आरती सञ्चालन गरिएको थियो । आरतीका समयमा समेत मन्दिरमा उल्लेख्य सङ्ख्यामा दर्शनार्थी उपस्थित भएको समितिका महासचिव हरिशरण बस्नतेतले बताए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij