भक्तपुर । भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक जना मृत फेला परेका छन् । जिल्लाको मध्यपुर थिमिको बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा एक जना पुरुष मृत फेला परेका हुन् ।
मृतक बारा घर भएका ५७ वर्षीय हिरालाल पासवान रहेको प्रहरीले जनाएको छ । उनी बस्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा आज बिहान मृत भेटिएका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ।
कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव भेटिएको भक्तपुर प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागी केएमसी अस्पतालमा पठाइने प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।