एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं । चैत ३० देखि हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिको घोषणा गरिएको छ।  एसियाली क्रिकेट काउन्सिल (एसिसी) ने प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो।

    नेपाली टोलिमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह  रहेका छन् । 

    एसिसी प्रिमियर कप चैत ३० गतेदेखि ओमानमा हुँदैछ । कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। 

    टी(२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। 

    खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग १ वैशाखमा, तेस्रो खेल हङकङसँग ३ वैशाख र चौथो खेल साउदी अरेबियासँग ५ वैशाख खेल्नेछ।

    समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल ७ वैशाख र फाइनल ९ वैशाखमा हुनेछ।

    436319081.jpg

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij