गुजरात टाइटन्सविरुद्ध लखनउ ३३ रनले विजयी

गुजरात टाइटन्सविरुद्ध लखनउ ३३ रनले विजयी

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • गुजरात टाइटन्सविरुद्ध लखनउ ३३ रनले विजयी

    काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । आइतवार राति सम्पन्न दोस्रो खेलमा लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जीत हात पारेको हो ।

    लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । 

    लखनऊका लागि यश दयाल एक्लैले ५ विकेट लिए । यस्तै क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।

    लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij