हनुमन्ते खोलामा बाढीको बहाव बढ्दो, बिहानसम्म सतर्क रहन आग्रह

हनुमन्ते खोलामा बाढीको बहाव बढ्दो, बिहानसम्म सतर्क रहन आग्रह

शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  • हनुमन्ते खोलामा बाढीको बहाव बढ्दो, बिहानसम्म सतर्क रहन आग्रह

    भक्तपुर । भक्तपुर हुँदै बग्ने हनुमन्ते खोलामा पानीको बहाव निरन्तर बढ्दै गएको भन्दै जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति सूचना जारी गर्दै हनुमन्ते खोलाको जलसतह बढ्दो क्रममा रहेको जनाएको हो। निरन्तर वर्षाका कारण नदीमा बाढीको बहाव बढिरहेकाले तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका होचा स्थानमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

    महाशाखाले विगतमा डुबान हुने गरेका क्षेत्रका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन, सुरक्षित स्थानको तयारी गर्न तथा नदी आसपास अनावश्यक आवतजावत नगर्न समेत आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij