गुजरातलाई हराउँदै नेपालले हात पार्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

गुजरातलाई हराउँदै नेपालले हात पार्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • गुजरातलाई हराउँदै नेपालले हात पार्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

    काठमाडौं । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो ।

    नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८  रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए ।

    त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।

    योसँगै नेपाली क्रिकेट एसीसी प्रिमियर कप खेल्न भारतबाटै ओमान जाने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij