काठमाडौं । टस जितेर नेपालले गुजरातविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । भारतमा जारी एसएमएस फे्रन्डसिप कप २०२४ अन्तर्गतको आजको खेलमा टस जितेर नेपालले गुजरातलाई फिल्डिङको निम्तो दिएको हो ।
गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ । नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो । नेपालले यसअघिका दुवै खेल जिेतको छ । नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो । गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो ।
त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो ।
नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो । नेपाल त्यहाँबाट ओमान जानेछ ।