विकासलाई ब्रान्डिङ गर्न सूर्यविनायकले ल्यायो २८ आकर्षक नारा

विकासलाई ब्रान्डिङ गर्न सूर्यविनायकले ल्यायो २८ आकर्षक नारा

सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • विकासलाई ब्रान्डिङ गर्न सूर्यविनायकले ल्यायो २८ आकर्षक नारा

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत विकासका कार्यक्रमलाई नारामार्फत जनस्तरसम्म पु¥याउने प्रयास गरेको छ । नगर प्रमुख बासुदेव थापाले २० औँ नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा २८ वटा आकर्षक नारा समेटिएका छन् ।

    ‘दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, सुशासन, डिजिटल प्रविधि, राजश्व, उद्यमशीलता र दिगो विकासका विविध आयामलाई नारामार्फत जोड दिएको हो । सूर्यविनायक नगरपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सडक विस्तार, शैक्षिक सुधार, डिजिटल सेवा प्रवाह तथा शहरी व्यवस्थापनमा उल्लेखनीय फड्को मारेको अवस्थामा यसपटक नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र जनमुखी बनाउन नाराको प्रयोग गरेको नगर प्रमुख बासुदेव थापा बताउँछन् ।

    f9a03d3b-5171-4ca2-861b-88fa969c17ee.jfif

    नगर प्रमुख थापाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघ तथा प्रदेश सरकारका आवधिक योजना, दिगो विकास लक्ष्य, नगरपालिकाको आवधिक योजना तथा स्थानीय जनताका आवश्यकता र सुझावलाई आधार बनाएर तयार गरिएको उल्लेख गरेका छन् । यस पटकको नीति निमार्ण प्रक्रियामा सार्वजनिक सूचना प्रकाकाशित जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पेशाकर्मी तथा सरोकारवालाको सुझावलाई समेत समेटिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवाराज आचार्य बताउँछन् ।

    नगरपालिकाले शिक्षा क्षेत्रमा ‘गुणस्तरीय शिक्षा ः हामी सबैको प्रतिक्षा’, ‘पढ्दै कमाउँदै, जोगाउँदै कार्यक्रम’ जस्ता नारालाई प्राथमिकतामा राखेको छ भने कृषि क्षेत्रमा ‘एक वडा, एक विशेष कृषि उत्पादन’ र ‘एक वडा, एक पशुपंक्षी तथा बाली उत्पादन पकेट क्षेत्र’ जस्ता कार्यक्रम अघि सारेको छ । त्यस्तै, स्वास्थ्यतर्फ ‘स्वस्थ सूर्यविनायक, समृद्ध सूर्यविनायक’, ‘क्षयरोग मुक्त नगर अभियान’, ‘पूर्ण खोपयुक्त नगर’ तथा ‘पोषणमैत्री वडा तथा नगरपालिका’ जस्ता नाराले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।

    wada.jfif

    सुशासन र डिजिटल रूपान्तरणलाई समेत नगरपालिकाले जोड दिएको छ । ‘छरितो सरकार, सुशासनको आधार’, ‘स्मार्ट राजश्व’, ‘स्मार्ट सूर्यविनायक सुशासन रूपान्तरण मार्गचित्र’, ‘डिजिटल नागरिक सन्तुष्टि मूल्याङ्कन’ र ‘उत्कृष्ट वडा तथा शाखा मूल्यांकन’ जस्ता नाराले प्रविधिमैत्री र उत्तरदायी स्थानीय सरकार निर्माणको संकेत गरेका छन् । नगरपालिकाले आर्थिक समृद्धि र आत्मनिर्भरताका लागि ‘एक घर एक उद्यम’ तथा ‘स्थानीय उत्पादन, स्थानीय बजारः आन्तरिक आर्थिक क्रियाकलाप समृद्धिको आधार’ जस्ता अभियानलाई समेत प्राथमिकतामा राखेको छ ।

    स्थानीय सरकारका नीति तथा कार्यक्रमहरूमा प्रायः सीमित नारा प्रयोग हुने गरेकोमा सूर्यविनायक नगरपालिकाले एकैपटक २८ वटा नारा अघि सारेर विकास अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन नयाँ अभ्यासको थालनी गरेको छ । नारा अहिले लाएपनि यस विषयमा यस पालिकाले धेरै अघिदेखिनै कामगर्दै आएको नगरपालिकाकी उप प्रमुख सरिता तिमिल्सिना भट्टराईको भनाई छ ।

    wada-2.jfif

    यस्ता छन्, सूर्यविनायक नगरपालिकाले अघि सारेका २८ नारा ः

    १. ‘दिगो विकास व्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’

    २. ‘गुणस्तरीय शिक्षा ः हामी सबैको प्रतिक्षा ।’

    ३. ‘एक वडा, एक विशेष कृषि उत्पादन ।’

    ४. ‘एक वडा एक पशुपंक्षी तथा बाली उत्पादन पकेट क्षेत्र ।’

    ५. ‘माटो नै जीवन हो ।’

    ६. ‘हाम्रो टोल हाम्रो जिम्मेवारी, स्वच्छ सूर्यविनायक हाम्रो तयारी ।’

    ७. उज्यालो शहर अभियान ।’

    ८. ‘स्वस्थ सूर्यविनायक, समृद्ध सूर्यविनायक ।’

    ९. ‘कोही नछुटोस, सबै सुरक्षित रहनु ।’

    १०. ‘क्षयरोग मुक्त नगर अभियान ।’

    ११. ‘पूर्ण खोपयुक्त नगर ।’

    १२. ‘पोषणमैत्री वडा तथा नगरपालिका ।’

    १३. ‘जसको सवाल उस्कै नेतृत्व ।’

    १४. ‘पढ्दै कमाउँदै, जोगाउँदै कार्यक्रम ।’

    १५. ‘छरितो सरकार, सुशासनको आधार ।’

    १६. ‘सही व्यक्ति, सही ठाउँमा, सही समस्या ।’

    १७. ‘उत्कृष्ठ वडा तथा शाखा मूल्यांकन ।’

    १८.‘स्मार्ट राजश्व ।’

    १९. ‘राजश्व एम्बुलेन्स ।’

    २०. विद्यालयदेखि समुदायसम्म प्रविधिमैत्री कर शिक्षा ।’

    २१. ‘राजश्व दिगोपना राणनीति ।’

    २२. ‘समृद्ध सूर्यविनायक – २१०० ।’

    २३. ‘स्मार्ट सूर्यविनायक सुशासन रुपान्तरण मार्गचित्र ।’

    २४. ‘डिजिटल नागरिक सन्तुष्टि मूल्याङकन ।’

    २५. ‘हरित नगरपालिका सूचांक ।’

    २६. ‘एक घर एक उद्यम ।’ 

    २७. ‘स्थानीय उत्पादन, स्थानीय बजार ः आन्तरिक आर्थिक कृयाकलाप सम्बृद्धिको आधार ।’

    २८.‘सामाजिक सुरक्षा भत्ता सुनिश्चितता सुनिश्चितताको लागि हरेक वर्ष साउन १ देखि भाद्र मसान्त भित्र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरौं÷गराऔं ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij