प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची
    काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ ।
     
    बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नुहुनेछ । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ ।
     
    सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
     
      बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
     
      बैठकमा अर्थमन्त्री डा वाग्लेले ‘सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३’, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
     
    बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनु हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij