भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई शुक्रबार साँझ करिब ७:४५ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल रेफर गरिएकोमा राति करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij