नेपाल ए ले आज आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

नेपाल ए ले आज आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • नेपाल ए ले आज आयरल्यान्डसँग अन्तिम खेल खेल्दै

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए को सामना गर्दैछ । बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा जित हातपार्दै नेपाल सान्त्वना जित हातपार्ने लक्ष्यसहित मैदानमा उत्रने छ । नेपाल पहिलो खेलमा आयरल्यान्ड ए संग २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

    पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । पहिलो खेलमा म्याथ्यु हम्फ्रेजले ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।


    सिरिज गुमाइसकेको नेपाल क्लिनस्वीप हुुनबाट बच्न उपायको खोजीमा छ । नेपालको सिनियर टोलीसँग दुई टी २० खेलमा दुवैमा पराजित भएको आयरल्यान्डले नेपाल ए लाई टी २० खेलमा २–१ ले हराएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij