काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात भिड्ने भएका छन्। गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा हुुने खेल दिउँसो हुनेछ।
यसअघि समुुह चरणका दुुई खेलमा नेपाल बिजयी भएको थियो । नेपाल बरोडासँग ३७ रनले पराजित भएका् थियो भने गुजरातले दुवै खेलमा बरोडालाई पराजित गरेको थियो।
त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी थिए। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो।