विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लवलाई

विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लवलाई

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लवलाई

    बिराटनगर । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबारराती  विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पराजितगर्दै उपाधि जितेको हो । 

     निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्रले दुुई गोल गरेको हो । मच्छिन्द्रका छिरिङ गुरुङले खेलको ११३ औँ मिनेटमा  र युसुप थपलियाले ११९ औँ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै मच्छिन्द्रले  ११ लाख जितयो भने साङ्ग्रिलाले  पाँच लाख ५० हजारमा चित्त बुुझायो ।

    प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही २१ हजार नगद पुरस्कार पाए।

    प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत र भूटानकासहित  १० टोलीको सहभागिता  थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij