भक्तपुर । । सूर्यविनायक नगरपालिका वडा नं। १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं। १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा सिरुटारमा विकासको लहर ल्याउन सफल भएको बताउनु भएको छ ।
क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना र सूयविनायक नगरपालिकाको सहकार्यमा सोमबार आयोजना सूर्यविनायक नगरपालिका वडा नं. १ कार्यालयको सभाहलमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उहाँले २०७४ साल अगाडिसम्म खानेपानीको चरम अभाव र सडकका समस्या झेलिरहेको यहाँका बासिन्दाके अहिले घरघरमा धारा एवं दैलो दैलोमा पक्कि सडक पुर्याएको बताए ।

वडा अध्यक्ष कायस्थले भने, ‘यस वडामा १३ वटा पुल, ११ किलोमिटर कालोपत्रे, १० किलोमिटर ढलान सम्पन्न गरेका छौं । आगामी असारमा हिलोमा हिड्नु नपर्ने गरी सडक विकास र विस्तारका कार्यहरु भइरहेको छ । फुटसल निर्माण भएो छ, एक करोडको लागतमा पार्क, वालउद्यान एवं जेष्ठ नागरिक पार्क निर्माण गरिरहेका छौं, यही असार महिनाबाट वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने भएका छौं । नमुना सडक लगायतका भौतिक पूर्वाधारको विकास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ । वडामा हाल १६०० भन्दा बढि खानेपानीका धाराहरु वितरण गरी जनतालाई खानेपानीको समस्या सक्दो समाधान गरिएका छौं ।’

२०७४ साल देखी ०७९ सालसम्म वडाको विकास र समृद्धिको लागि अत्याधिक मात्रामा बजेट तथा योजनाहरु सञ्चालनमा रहेको उल्लेख गर्दै उनले सो पछि वडामा धेरै योजनाहरु संघीय सरकारले कटौती गरेको भन्दै गुनोसो गरे । अहिलेको बजेटमा संघीय सरकारबाट वडामा शुन्य रकम भएको गुनासो गर्दै उनले चालु योजनाहरुलाई संघले बजेट नदिएपनि प्रदेश र पालिकाबाट भएपनि सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘संघीय सरकारले बजेट नदिँदा योजनाहरु अलपत्र परेका छन् । कृषि उत्पादनको विकास र विस्तार गर्दै बजार व्यवस्थापन गर्ने जिम्मा नै म लिन तयार छु । उत्पादन गनुृस्, बजारको समस्या हुन दिन्न । त्यस्तै आध्यात्मिक कुरा वा योगाको विकास र विस्तार गर्न कुनै कन्जुस्याई हुने छैन । व्यवस्थापनमा समेत समस्या हुँदैन ।’

खेलकुददेखि शिक्षासम्म, कृषिदेखि सडकसम्मको विकासलाइ तिब्रता आएको बताउँदै उनले ललितपुरको सिमानाबाट कतिपय लागू पदार्थ प्रयोग कर्ता आउने गरेको बताए । उनले कोठा र जग्गा भाडामा दिदाँ परिचय खुल्ने कागज लिएर मात्रै भाडामा दिन आव्हान गरे ।
उनले भने, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधार निर्माण, सामाजिक कार्य तथा लक्षित वर्गका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । भौतिक विकासमात्र नभई मानवीय विकासलाई उच्च प्राथमिकता दिएका छौं । जसमा धर्मसंस्कृति, खेलकुद, मठमन्दिर निर्माण तथा संरक्षण, सडक हरियाली, सीसी क्यामेरा जडा तथा मर्मत, बालउद्यान निर्माण गर्ने कार्य अगाडी बढेको लगायतका असंख्य कार्यहरु गरिरहेका छौं ।’

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले वडा कार्यालय तथा जनप्रतिनिधिप्रति कुनै उल्लेखनीय गुनासो नराखेपछि कार्यक्रमको वातावरण निकै सकारात्मक बनेको थियो । विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षा सम्बोधनका विषयमा स्थानीयले सन्तुष्टि व्यक्त गरेपछि कार्यक्रममा उपस्थित पत्रकार दिवस गुरागाईंले वडा अध्यक्षलाई रोचक शैलीमा प्रश्न गर्दै भने, “स्थानीय नागरिकलाई यति धेरै खुसी बनाएको रहेछ, अब तपाईं स्वयं चाहिँ कतिको खुसी हुनुहुन्छ ?
जवाफमा वडा अध्यक्ष कायस्थले नागरिकको खुशी नै आफ्नो खुशी रहेको बताउदै नागरिककको सेवा नै आफ्नो खुशी रहेको बताए।

उनले यस वडाले विभिन्न बाल समुह बालमैत्री कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए। जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र युवा लक्षित कार्यक्रम केहि सम्पन्न भैसकेको र केहि बाँकी रहेको बताए ।
खानेपानीको समस्या भैरहेको र सिरुटार खानेपानी को लागि २ लाख लिटर ट्याङकी निर्माण गरेको बताए । भौतिक पुर्वाधारमा मात्रै होइन मठ मन्दिर मा रङगरोहन गरेको र योग क्षेत्रमा काम गरेको बताउनुभयो । कौशलटार क्षेत्रमा ५ सय २० वटा फुल रोपेको बताए ।
वडामा सीसी क्यामेरा ३० वटा जडान गरिएको बताउदै खेलकुदमा पनि खेलमैदान पनि रहेको बताउनुभयो । थापागाउ जाने नमुना बाटो बनाउन सम्पन्न भएको बताए । बालमैत्री खेलमैदानका लागि अबको २०८३ ८४ मा बजेट माग गरिएको बताए ।
जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ आयोजना भएको वडास्तरीय सार्वजनिक सुनुवाईमा वडा सचिव राम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन एवै सेवा प्रवाहको बिवरण प्रस्तुत गर्नु भएको थियो ।
वडा सचिव राम श्रेष्ठले वडा कार्यालयले जनताको सेवा, सुशासन, जवाफदेहिताका विषयमा जानकारी गराउदै नगर कार्यपालिकाबाट रु दुई करोड ६० लाख बराबरको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा अन्य सामाजिक क्षेत्रहरुमा कार्यसम्पादन गरिएको बताए ।

उहाँले उक्त रकम बराबर वडामा ६५ वटा साना तथा ठूला आयोजनाहरु सञ्चालन भएको बताउदै एक करोड चार लाख ७१ हजार ३०६ रुपैंया राजस्व संकलन भएको बताए । उनले वडामा लक्षित कार्यक्रम अन्तरगत अपाङ्गता, जेष्ठ नागरिक, महिला, वालवालिका, युवा, विपद् व्यवस्थापन, धर्मसंस्कृति, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा जनताको माग, आवश्यकता र चाहना अनुसार कार्य गरिएको बताए ।
कार्यक्रममा प्रहरी वृत्त ठिमीका प्रमुख (डिएपी) निसान थापाले भक्तपुरमा लागुऔषधको प्रयोग र विक्रि बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहका विकृति हटाउन समुदायन नै जागरुक हुनुपर्नेमा जोड दिए । घरभाडामा बस्नेको विवरण राख्न आग्रह गर्दै उनले गलत कार्य रोक्न प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि हरेक चोकमा गुणस्तरीय सीसी क्यामेरा आवश्यक रहेको उनले औंल्याए ।
उनले घरमा घरभाडामा राख्दा उसको सबै डकुमेण्ट आफुसँग राख्न अनुरोध गरे । उनले कोहि आपराधिक कार्यमा संलग्न रहेको भएतापनि त्यहि डकुमेन्टका आधारमा पत्ता लगाउन सकिने र सहयोग पुग्ने बताए । सिरुटार आफुलाई निकै सुन्दर लागेको र यहाँको विकास पनि निकै सुन्दर रहेको भन्दै प्रशंसा गरे।
पत्रकार पेशल आचार्यले वडा कार्यालयको भवन किन नबनेको भन्ने प्रश्नको जवाफ दिदै वडाध्यक्ष कायस्थले असार महिनामै भवन निर्माण सुरु गरिने बताए । अर्का पत्रकार महेश गौतमले आइतबार विदाले विद्यार्थी, अभिभावक र अस्पतालमा कस्तो गुनासो आएको छ भन्ने जिज्ञासा राखेपछि वडाध्यक्ष कायस्थले आइतबारको बिदाले बालबालिका कुलतमा परेको गुनासो आएको बताउदै सूर्यविनायक नगर अस्पताल भने आइतबार खुल्ला गरेको बताए ।

पत्रकार नारायण थापाले दधिकोट पधेरोदेखी परोपकार स्वास्थ्य केन्द्र सम्मको सडक कालोपत्र गर्दन आग्रह गरे । स्थानीय राजेन्द्र श्रेष्ठले सिरुटारको पहिचान झल्कने स्थानीयले सिरुटार प्रवेशद्वार बनाउन आग्रह गरे । सबैठाउँमा ढल निकास भैसकेको ठाउँमा ढल निकास गर्न आग्रह गरेका छन । सडक बन्यो तर सडकमै पार्किङ जथाभावी पार्किङ हटाउन माग गरेका छन् । उहाँले वडामा भएको दुवै खोलामा करिडोर बनाउन माग गरे ।
स्थानीय श्यामकृष्ण श्रेष्ठले मेलमिलाप सचेतनाका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । वडा अध्यक्ष कायस्थले जवाफमा माथि उठेका बाटो पिच गर्ने बताए । कालोपाटी जाने बाटो पनि पिच हुने प्रतिबद्दता जनाए ।
स्थानीय चन्द्रहरि कायस्थले स्वचेतना लागि सहयोग गरौ भनेर सचेतना जगाउन आग्रह गरे । स्वास्थ्यको लागि श्रीहरि सेल्फ फाउन्डेसनका अध्यक्षले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएका कारण यसमा महत्वपुर्न काम गर्न सकिने बताए ।
कार्यक्रममा स्थानीय दिवाकर थापाले सचेतनाको विकास, सडकमा पार्किङ हटाउनु पर्ने, नीतिमात्र नभई नियत सफा बनाउनुपर्ने, ढल तथा खानेपानीको न्युनतम आवश्यकता पुरा गर्नुपर्ने, आइतवार विदा दिनु नहुने, स्वास्थ्य विमालाई पहिलेको जस्तै बनाउनुपने बताए ।
स्थानीय फलाम सिंह राईले किसानको लागि उर्जित गर्न के गर्नु पर्छ कसरी आयमुलक बनाउन के गर्ने भन्दै प्रश्न गरे ।
कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको थियो ।

पत्रकार एवं कार्यक्रम सञ्चालक पुष्कर बुढाथोकीले यस्ता सार्वजनिक सुनुवाई कार्याक्रममले जनताको सरोकारको विषय तथा समस्या उजागर हुने बताए । उनले जनताले खोजेको विकासको मार्गचित्र प्रस्तुत गर्न सकिने उल्लेख गरे ।

क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले सार्वजनिक काय्र्रकममा उठेका प्रश्न जिज्ञासा तथा सुझावहरु सम्बन्धित ठाउ एवं नगरपालिकामा पुर्याउने बताउनुभयो । विभिन्न स्थानीय संचारमाध्यम मार्फत उक्त जनस्तर बाट उठेका जिज्ञासा नगरपालिका पुराउने र समाधान खोज्ने बताए ।