काठमाडौँ । मध्यराती पुर्वी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार राति ११ः२१ बजे गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु भुटानको पुनाखाबाट ५ किलोमिटरको दूरीमा रहेको थियाृ । भुकम्पको प्रभाव भुटानका साथै नेपाल, भारत, बंगलादेश र चीनमा समेत परेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको पूर्वी क्षेत्रमा यसको धक्का महसुस गरिएको थियो ।