काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सात जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयको बिहीवारको निर्णय अनुशार थप सात जना डिआईजीको पदस्थापन गरेको छ ।
सुरेश कुमार श्रेष्ठको नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंबाट प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा सरूवा भएको छ । दीपेन्द्र शाह नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबाट एपीएफ इन्टेलिजेन्स ब्युरोमा पसगेका छन् ।
त्यसैगरी दीपक अधिकारीलाई सीमा सुरक्षा विभागबाट नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही पठाइएको छ । त्यस्तै कृष्ण ढकाललाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ ।
डिआईजी दीपेन्द्र कुँवरलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयबाट मानवस्रोत विभागमा पुगेका छन् । विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयबाट नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी पठाइएको छ । कृष्णराज पाठक मानवस्रोत विभागबाट नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत सरुवा गरिएको छ ।
यस्तै पदस्थापनतर्फ डिआईजी दिग्विजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीमै पदस्थापन गरिएको छ । किरण बस्नेतलाई प्रधान कार्यालयस्थित महानिरीक्षकको कार्यालयबाट नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापन गरिएको छ ।
माधव प्रसाद पौडेललाई प्रधान कार्यालय भण्डार महाशाखाबाट नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंमा पठाइएको छ । प्रविण कँडेललाई कार्य विभागबाट नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीमा पदस्थापन गरिएको छ ।
राजेश उप्रेतीलाई कार्य विभागबाट एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौँमा पदस्थापन गरिएको छ । नेत्रबहादुर कार्कीलाई नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा ल्याइएको छ । त्यसैगरी एपीएफ इन्टेलिजेन्स ब्युरोमन कार्यरत राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ ।