भक्तपुर । भक्तपुरको एक विद्यालयमा भीषण आगलागी भएको छ । आगलागीबाट बिद्यालयको भवनको दुई तला क्षतिग्रस्त बन्दा करिव ५० लाख रुपैया बरावरको क्षति भएको छ ।
आगलागीमा पर्नेमा भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुल रहेको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले बताए । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको प्रधानाध्यापक प्रजापतिको भनाई छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ ।