गलत बयान दिएका विरुद्ध मुद्दा दायर

गलत बयान दिएका विरुद्ध मुद्दा दायर

मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • गलत बयान दिएका विरुद्ध मुद्दा दायर

    काठमाडौँ । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    ऋण उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग रु ५० लाख घुस लिएको  अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ । सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ ।

    आयोगले गलत बयान दिएका गौतम विरुद्ध कसुर बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij