काठमाडौं । प्रहरीले गोली चलाएर काठमाडौंको जडिबुटीबाट एक लुटेरा पक्राउ गरेको छ । जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गोली प्रहार गरेर शनिबारराती काठमाडौंको भद्रकाली घर भएका गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कार्कीको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शनिबार दिउँसो सुकेधारमा एक महिलाबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
सो घटनामा सलग्न एक जनालाई प्रहरीले दिउँसै काठमाडौंबाट पक्राउ गरेको थियो । लुटपाटमा संलग्न कार्कीलाई भने साझ जडिबुटीबाट गोली चलाएर पक्राउ गरिएको प्रहरीको भनाई छ ।घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।