बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • बजेटः कृषि क्षेत्रको पुनरुत्थानमा सरकारको उच्च प्राथमिकता

    काठमाडौँ । कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी रु ३२ अर्ब ३६ करोड पुर्‍याइएको उल्लेख छ । ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विद्युत् सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    पशु चौपायामा लाग्ने खोेरेत रोग नियन्त्रण गर्न रु २४ करोड बजेटको व्यवस्था गरिएको छ । कृषि तथा पशुपन्छी विकासका लागि रु ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री वाग्लेले सुनाए । 

    किसानलाई ४० प्रतिशतसम्म अनुदान, अनुदान वार्षिक १० प्रतिशतका दरले दिइने बजेट वक्तव्यमा उल्लेख छ । कृषि अनुदानको सदुपयोगका लागि विशेष अनुगमन गरिने भएको छ । कृषि अनुसन्धान तथा विकास केन्द्रका माध्यमबाट कृषि क्षेत्रको विकास गरिने भएको छ । कृषि तथ्याङ्क प्रणालीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत ल्याइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij