सूर्यविनायकका कर्मचारीलाई क्षमता विकास, सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण

सूर्यविनायकका कर्मचारीलाई क्षमता विकास, सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण

सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • सूर्यविनायकका कर्मचारीलाई क्षमता विकास, सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले  कर्मचारीहरूमा क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार, छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पु¥याउँने उदेश्यले दुई दिने क्षमता विकास, सकारात्मक सोच तथा रूपान्तरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।  

    fc3da693-9a7d-4de5-9ffa-0f74915b8597.jfif

    कार्यक्रममा वरिष्ठ प्रशिक्षकहरू लिला सापकोटा, कृष्णहरी बास्कोटा, कञ्चन राउत तथा नरबहादुर कार्कीले  विषयगत, प्रेरणामूलक तथा व्यवहारिक ज्ञान प्रदान गरेको प्रमुख आचार्यले बताए । कार्यक्रमले सुर्यविनायक नगरपालिकाका कर्मचारीहरूको क्षमता अभिवृद्धि, सकारात्मक कार्यसंस्कृतिको विकास तथा संस्थागत रूपान्तरणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको आचार्यको भनाई छ।

    11f74580-1402-41a8-915a-57e1fefe9d27.jfif

    कार्यक्रममा नगरपालिकाका प्रशासनीक, प्राविधिक, सुरक्षाकर्मी लगायतका करिव एक सय ५० बढीको सहभागिता रहेको थियो । नगरपालिका नेतृत्वले कर्मचारीलाई पुर्नजागरुक गराई सेवामा चुस्तता ल्याउँने उदेश्यसहित यस्तो कार्यक्रम राखेको भन्दै सहभागि कर्मचारीले कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताएका छन् । 

    3ece314b-d4cb-4038-b86f-3ae4db389fee.jfif

    1fc1f076-37ad-48d2-96e1-b05956b4e562.jfif

    सकारात्मक सोच, सक्षम नेतृत्व र सेवामुखी कार्यशैलीनै समृद्ध नगर निर्माणको आधार भएको बताउँदै कर्मचारी प्रशासन शाखाकी सुमित्रा थापाले सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुदै अनुभव, ज्ञान र प्रेरणा साटने अवसर प्राप्त भएको बताइन । 

    643c7dc2-b8d4-422b-a1b2-afcfc103ac67.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij