भक्तपुरमा स्वीप अपरेशन : मसाज सेन्टरबाट ६४ सहित ७९ जना पक्राउ

भक्तपुरमा स्वीप अपरेशन : मसाज सेन्टरबाट ६४ सहित ७९ जना पक्राउ

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • भक्तपुरमा स्वीप अपरेशन : मसाज सेन्टरबाट ६४ सहित ७९ जना पक्राउ

    भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा ७९ जनालाई नियन्त्रणमा लिइएको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले शुक्रबार भक्तपुरका विभिन्न क्षेत्रमा अपरेशन सञ्चालन गरेको हो ।

    प्रहरीका अनुसार जिल्लाभित्र सञ्चालनमा रहेका मसाज सेन्टरमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई नियन्त्रणमा लिइएको छ । साथै अन्य १५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij