ट्राफिक कारबाहीबाट एकै दिन ६ लाख ४१ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट एकै दिन ६ लाख ४१ हजार राजस्व संकलन

बुधवार, बैशाख २३ २०८३
बुधवार, बैशाख २३ २०८३
  • ट्राफिक कारबाहीबाट एकै दिन ६ लाख ४१ हजार राजस्व संकलन

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. ६ लाख ४१ हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक संकेत उल्लंघनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij