ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व संकलन

    काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १ सय ११ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंघनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय २२ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij