विषादी प्रयोगको गुनासोपछि तुरुन्तै एक्सनमा सूर्यविनायकः ४ जेट पम्प जफत, कृषकलाई सचेतना

विषादी प्रयोगको गुनासोपछि तुरुन्तै एक्सनमा सूर्यविनायकः ४ जेट पम्प जफत, कृषकलाई सचेतना

बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • विषादी प्रयोगको गुनासोपछि तुरुन्तै एक्सनमा सूर्यविनायकः ४ जेट पम्प जफत, कृषकलाई सचेतना

    भक्तपुर । सूर्यविनायक नगरपालिकामा विषादीको अत्यधिक प्रयोग भएको गुनासो आएलगत्तै नगरपालिकाले तत्कालै अनुगमन गरी कारबाही अघि बढाएको छ । हेलो सरकारको गुनासो पोर्टलमार्फत् वडा नं. ९ का व्यवसायिक कृषकहरूबाट विषादीको प्रयोग नियन्त्रण गर्न पहल गरिदिन आग्रह आएपछि नगरपालिकाको कृषि शाखा फिल्डमै खटिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको निर्देशनमा गरिएको उक्त अनुगमनमा गुनासोलाई ढिलाइ नगरी तुरुन्तै सम्बोधन गरिएको देखिएको छ । युवा प्रशासकीय अधिकृत आचार्यको सक्रिय कार्यशैलीका कारण प्राप्त उजुरीहरू छिटो समाधान हुने गरेको नगर स्रोतको भनाइ छ ।

    अनुगमनका क्रममा जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालका घातक विषादी प्रयोग भएको नपाइएको कृषि शाखाले जनाएको छ । यद्यपि, विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे कृषकहरूलाई स्थलमै सचेतना प्रदान गरिएको थियो ।

    तर, सानो म्यानुअल पम्प प्रयोग गर्नुपर्ने अवस्थामा ठूला जेट पम्पमार्फत विषादी छर्किएको पाइएपछि नगरपालिकाले चार वटा जेट पम्प जफत गरेको छ । नगरपालिकाले यस्तो लापरवाही दोहोरिन नदिन आगामी दिनमा अझ कडाइका साथ अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij