भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक

भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक

आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • भक्तपुर औद्योगिक मेलामा तीन दिनमै २० हजार दर्शक

    भक्तपुुर । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा तीनदिनमै करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले सो जानकारी दिएका हुन् । 

    उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको अध्यक्ष महतको भनाई छ । मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्दै आएको अध्यक्ष महतले जानकारी दिए । 

    533d35d4-cd91-48c6-8f9e-dff1570ba6a9.jfif

    महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, दैनिक रुपमा नाम चलेका कलाकारको सांगीतीक प्रस्तुतीले महोत्सवको रौनक बढाएको छ । महोत्सवमा  बालबालिका र बिधार्थिका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधन राखिएको छ । 

    4359f9ea-7aaa-40ab-810f-236de7524ed5.jfif

    नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सवले मनोञ्जन र किनमेल एकैथलोमा गर्ने अवसर प्रदान गरेको दधिकोटका डिल्लीराम काफ्लेले बताए । नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर सल्लाघारीस्थित चौरमा आयोजना गरिएको  महोत्सव बैशाख ६ गतेसम्म संचालन हुने  संयोजक थापाले जानकारी दिए । 

    73b85a02-5539-4b6a-a0c5-a7a51b50cfea.jfif

    महोत्सवका निर्देशक सुनिल बज्राचार्यका अनुसार, महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् । महोत्सव अवलोकन गर्ने सर्वसाधारणले एक सय रूपैयाँको टिकट काट्नु पर्छ । 

    विद्यार्थीले प्रवेशका लागि ५० रूपैयाँ  तिर्नुपर्छ भने जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको निर्देशक बज्राचार्यले जानकारी दिए ।

    c8530667-3a22-4996-bd08-56a3530ce83b.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij