भक्तपुर । स्वच्छताको सामूहिक प्रयास भन्ने मुल नाराका साथ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा स्वच्छता अभियान शुरू भएको छ । वडा क्षेत्रमा सरसफाईका बारेमा जनचेतना जगाउँदै रोग लाग्न नदिन कीट नाषक औषधी छर्ने उदेश्यले अभियान शुरू गरिएको वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए ।

वडाध्यक्ष बास्नेतले सबै स्थानीय निकाय, विद्यालय, टोल सुधार समिति, क्लब, सहकारी संस्था र फोहोर संकलनमा सहकार्य गर्दै आएको नेप्सेम्याकलाई अभियानमा जोडिन आग्रह गरे। आदर्श वडा कार्यालयको सडक क्षेत्रबाट थालनी भएको अभियान कार्यक्रममा स्थानीय टोल सुधार समिति, योग समूह, र व्यक्तिगत सहभागीले हातेमालो गर्दै सरसफाइमा योगदान दिएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।

शनिबारदेखि शुरू भएको अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शुभारम्भ गरे । मन्त्री थापाले उल्लेख्य जनसहभागिताका बीच शुरू भएको कार्यक्रम प्रदेशमै उदाहरणीय बन्ने बताउँदै अभियान सफलताको शुभकामना दिए।

