गुण्डु कर्मीटोलस्थित कपास उद्योगमा आगलागी, लाखौँको क्षति

गुण्डु कर्मीटोलस्थित कपास उद्योगमा आगलागी, लाखौँको क्षति

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • गुण्डु कर्मीटोलस्थित कपास उद्योगमा आगलागी, लाखौँको क्षति

    भक्तपुर । सूर्यविनायकनगरपालिका–७ गुण्डु कर्मीटोलस्थित कटन कपास उद्योगमा शुक्रबार आगोलागी हुँदा लाखौँको क्षति भएको छ ।

    विद्युत् चुहावटबाट  उद्योगमा आगलागी  भएको बताइएको छ । यसबाट कटिङ कपास मेशिन ६, चाइनिज कटिङ मेशिन एक, प्रेस मेसिन तीन, कम्प्रेसर मेसिन एक, स्टाटर सात, एमसिबि सात मेसिनरी सामग्री र तयारी सेतो र कालो कपाससँगै उद्योगको कच्चा पदार्थ  क्षति भएको आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिए ।

    आगलगी भएको जानकारी पाउने बित्तिकै चार दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको टोलीले संयुक्त रूपमा तीन घण्टाका अथक प्रयासमा आगलागी नियन्त्रण भएको कार्यालयका सूचना अधिकारी हिमाल घर्तीमगरले जानकारी दिए । 

    आगलागीबाट रु ३० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij