ग्यास अभाव पछि ५० प्रतिशत छुटमा इन्डक्सन चुलो वितरण

ग्यास अभाव पछि ५० प्रतिशत छुटमा इन्डक्सन चुलो वितरण

शनिवार, चैत्र २८ २०८२
शनिवार, चैत्र २८ २०८२
  • ग्यास अभाव पछि ५० प्रतिशत छुटमा इन्डक्सन चुलो वितरण

    भक्तपुर । वजारमा ग्यासकाे अभाव बढेपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाले ५० प्रतिशत छुटमा इन्डक्सन चुलो वितरण गरेकाे छ । सुर्यविनायक वडा नं ८ ले वडाका तीनसय परिवारलाई सहज रूपमा खाना पकाउनका लागि ५० प्रतिशत सहुलियतमा इन्डक्सन चुलाे बितरण गरेको हाे ।

    मध्यपूर्वमा तनाव बढेसंगै सर्वसाधारणले ग्यास सहज रूपमा पाउँन कठिन भएर खाना पकाउनै समस्या भएपछि ५० प्रतिसत छुटमा इन्डक्सन चुलाे बितरण गरिएको सुर्यविनायक नगरपालिका -८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले बताए । वडाले  ५० प्रतिशत लागत साझेदारीमा इन्डक्सन चुलो वितरण गरेपछि अहिले ३०० घरधुरीमा खुसियाली छाएको बस्नेतकाे भनाई छ । 

    1.jpg

    वडावासीले ग्यास अभावका कारण समस्या भागेको गुनासाे गरेपछि ४७०० रूपैयाँ पर्ने इन्डक्सन चुलाे २,३५० रूपैयाँमै बितरण गरिएको वडाध्यक्ष पुष्पराज बास्नेतले बताए । चुलाे बितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्नेतले विश्वव्यापी रुपमा देखिएको उर्जा संकट र नेपालमा बढ्दो ग्यासको अभावले घरायसी जीवन कष्टकर बनेपछि वडावासीलाई राहत दिन इन्डक्सन बितरण गरिएको बताए ।

     पेट्रोलियम पदार्थकाे खपत बढ्दै जाँदा  मुलुकको अर्थतन्त्रमा मात्रै दबाब सिर्जना गरेको छैन, मानव स्वास्थ्य र वातावरणलाई समेत गम्भीर क्षति पुर्याइरहेको बस्नेतकाे भनाई थियोे । त्यसैको विकल्पको रूपमा स्वदेशमै उत्पादन हुने हरित उर्जा’ प्रवर्द्धनलाई प्राथमिकता दिने उदेश्यले इन्डक्सन बितरण गरिएको बस्नेतले बताए ।

    2.jpg

     नगरपालिका र वडाको सहकार्यमा सुरु भएको यो कार्यक्रमलाई अन्य वडामासमेत विस्तार गर्ने योजना रहेको बस्नेतले जानकारी दिए।

    स्थानीय गृहिणी एवं दमकी राेगी रामकुमारी थापा दुई सातासम्म ग्यास नपाउँदा दाउरामा खाना पकाउँदा धुवाँले स्वास्थ्यमा समस्या बढाएको बताउँदै इन्डक्सन चुलो पाएपछि सहज ढंगले स्वास फेर्ने पाएको बताइन । जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष शेरबहादुर थापाका अनुसार, वडाअध्यक्ष  बस्नेतले शुरूवात गरेको यो कार्य अन्य जनप्रतिनिधिले पनि गरिदिए आफू जस्तै समस्यामा परेका धेरैले सहज ढंगले खाना पकाएर खान सक्ने बताए ।

    3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij