‘भक्तपुरलाई पर्यटन र स्वास्थ्यको हब बनाइने’

‘भक्तपुरलाई पर्यटन र स्वास्थ्यको हब बनाइने’

शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • ‘भक्तपुरलाई पर्यटन र स्वास्थ्यको हब बनाइने’

    भक्तपुर ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हबका रुपमा विकास गर्दै आर्थिक रुपमा सबल बनाउन मेला र महोत्सवबाट टेवा पुग्ने बताएका छन् ।  

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनामा सल्लाघारीको चौरमा सुरु भएको १०औँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आज उद्घाटन गर्दै मन्त्री थापाले भक्तपुरलाई पर्यटनका साथै स्वास्थ्यको हब बनाइने बताउनुभयो । यसअन्तर्गत मन्त्रालयले भक्तपुर अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा सुबिधा सम्पन्न बनाइएको उनको भनाइ थियो ।

    सूर्यविनायक नगर अस्पताललाई ट्रमा अस्पतालका रुपमा विकास गर्न लागिएको उल्लेख गर्दै मन्त्री थापाले बिरामीले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गरिने बताए । 

    698ba893-eff5-4d43-ab1f-1db73c3fe37e.jfif

    महोत्सवका संयोजक दिपक थापाले महोत्सवको विशेष आकर्षण ‘लन्डन ब्रिज’ रहेको बताए । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यले एक दशकदेखि भक्तपुरमा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना हँुदै आएको बताए । 
     
    औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले १८० भन्दा बढी कक्ष रहेको महोत्सवमा दैनिक उपभोग्य सामान, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री, स्थानीय घरेलु उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि, कृषि औजार, मोबाइल, विभिन्न परिकारसहितको खाना महोत्सवका साथै साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जानकारी दिए । 
    –

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij