सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने

सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने

बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • सरकारले बढायो सार्वजनिक यातायातको भाडा, अब चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्नु पर्ने

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।

    अब सार्वजनिक सवारीमा यात्रा गर्दा न्यूनतम भाडा २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यात्रु बाहक सवारीका हकमा १६।७१ प्रतितसम्म भाडा बढाउने निर्णय गरेसँगै अब यात्रुले न्यूनतम २५ रुपैयाँ तिर्नुपर्ने भएको हो ।

    सवारी चालकहरुले एक रुपैयाँ फिर्ता नदिने हुँदा पनि आम सर्वसाधारण यात्रुले छोटो दूरीमा गाडी चढ्ने बित्तिकै २५ रुपैयाँ तिर्न बाध्य हुने देखिएको छ ।

    बुधबार सरकारले यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारीमा २१.६८ प्रतिशत र तराइ क्षेत्रमा चल्ने मालबाहकमा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij