नगरप्रमुख थापाद्वारा हिन्चोक भैरव मन्दिरमा  निर्माण हुने कलात्मक गेटको शिलान्यास

नगरप्रमुख थापाद्वारा हिन्चोक भैरव मन्दिरमा  निर्माण हुने कलात्मक गेटको शिलान्यास

सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • नगरप्रमुख थापाद्वारा हिन्चोक भैरव मन्दिरमा  निर्माण हुने कलात्मक गेटको शिलान्यास

    भक्तपुर । सुर्यविनायक नगरपालिका-४ हिन्चोक भैरव मन्दिर प्राङ्गणमा कलात्मक गेट निर्माण हुने भएको छ । करिव १० लाख रूपैयाँको लागतमा निर्माण हुने गेटको सोमवार बिहान सुर्यविनायक नगरपालिकाका नगर प्रमुख  बाशुदेव थापाले शिलान्यास गरे । 
    कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख थापाले सुर्यविनायक नगरपालिकाको पहिलो नगर प्रमुख हुने अवसरसंगै धेरै चुनौतिको सामना गरेर विकास निर्माण कार्य अघि बढाएर उदाहरणीय काम गर्न सफल भएको बताए ।नगरपालिका गठन हुंदा सबै ग्रामीण बस्ति रहेको क्षेत्रमा सडक लगायतका भौतिक पुर्वाधार पुर्याउन चानचुने चुनौति नरहेको नगर प्रमुख थापाको भनाइ थियो । 

    1.jfif

    दुई कार्यकाल नगर प्रमुख बनेका थापाले जनताले तिरेको करको सहि सदुपयोग गरेर काम गरेको बताउँदै सबै जनप्रतिनिधिले मिलेर काम गरेकै कारण आज सुर्यविनायक नगरपालिका यो अवस्थामा आएको थापाले बताए । सुर्यबिनायक नगरपालिकाको मुख्य मन्दिरका रूपमा रहेको मन्दिरलाई थप रमणीय बनाउँन कलात्मक गेट निर्माण गर्न लागिएको नगर प्रमुख थापाको भनाई थियो । 

    8.jfif

     

    धेरै बोल्ने भन्दा पनि काममा जोड दिने नीतिकै कारण सफल हुँदै आएको बताउँदै नौ बर्षमा नगरपालिकामा सबै १०३ वैठक सर्वसम्वत रूपमा सम्पन्न भएको जानकारी दिए । नगरभित्र हुने विकास निर्माणमा गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै थापाले वाँकि १३ महिनामा अपुरा र अधुरा काम गर्ने प्रतिवद्द्ता व्यक्त गरे। 

    2.jfif

    वडा नं ४ का वडाअध्यक्ष लक्षुराम न्यौपाने नगरपालिकाको कार्यपालिकाबाट विनियोजन गरिएको १० लाखको लागतमा कलात्मक गेट निर्माण गर्न लागिएको जानकारी दिदै गतबर्श पनि वडाकै वजेटबाट मन्दिर परिसरमा ट्रष्ट निर्माण गरिएको बताए । ठुलो वडा भएका कारण वडाको वजेटले मात्र यश क्षेत्रका समस्या समाधान हुन नसक्ने भएपनि नगरपालिकाले सहयोग गरेर धेरै काम भएको न्यौपानेले बताए । 

    7.jfif

    पुर्व प्राचार्य एवं समाजसेवी प्रेमबहादुर खड्काले एउटै ढुंगामा विशाल हनुमानको मुर्ति रहेको यस एतिहांसिक मल्लकालिन मन्दिरलाई थप विकास गरेर धर्मिक पर्यटक बढाउन सकिने बताए । हिन्चोक भैरव सुधार एवं संरक्षण संस्थाका अध्यक्ष  बाशुदेव बस्नेत अध्यक्षता  समपन्न कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रबिन्द्र सापकोटा, उधोगी हिराकाजी महर्जन, पुर्व वडाध्यक्ष उत्तम थापा, कार्यपालिका सदस्य तारा सापकोटा, दधिकोट बृहत खानेपानीका अध्यक्ष कृष्णहरि खड्का लगाएको उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij