दुई दिनको प्रहरी अपरेसनमा भक्तपुरबाट ९० जना पक्राउ

दुई दिनको प्रहरी अपरेसनमा भक्तपुरबाट ९० जना पक्राउ

सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • दुई दिनको प्रहरी अपरेसनमा भक्तपुरबाट ९० जना पक्राउ

    भक्तपुर ।  जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा पक्राउ पर्नेको संख्या ९० पुगेको छ । प्रहरीले पछिल्ला दुई दिनमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

    प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काका अनुसार, गएराती विभिन्न स्थानबाट ३० जनालाई पक्राउ गरिएको छ । अघिल्लो दिन ६० जना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक खड्काले बताए ।

    विभिन्न घट्नामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै प्रहरी उपरिक्षक खड्काले स्वीप अप्रेसन जारी रहेको बताए । सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको खड्काको भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij