१०५ अंक घट्यो सेयर बजार, ७ कम्पनी मात्रै बढे

१०५ अंक घट्यो सेयर बजार, ७ कम्पनी मात्रै बढे

आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • १०५ अंक घट्यो सेयर बजार, ७ कम्पनी मात्रै बढे

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से १०५.५० अंकले घटेर २६७६.६८को विन्दुमा कायम भएको हो ।

    यस दिन ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।  यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड २८ लाख ४८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।


    यस दिन ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij