सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुभारम्भ

सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुभारम्भ

बिहिवार, चैत्र १९ २०८२
बिहिवार, चैत्र १९ २०८२
  • सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुभारम्भ

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु गरिएको छ। नगरपालिकाको १० नम्बर वडामा पर्ने पारी टोलबाट यो प्रणालीको शुभारम्भ गरिएको हो। प्रारम्भिक चरणमा सो क्षेत्रका घरहरूमा कोडसहितको डिजिटल नम्बर जडान गर्ने र विस्तृत विवरण संकलन गर्ने कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ।

    डिजिटल घर नम्वरसंगै नगरपालिकाका सबै वडाका प्रत्येक घरको ठेगाना, परिवारिक विवरण, नक्सा लगायतका सूचनाहरू डिजिटल रूपमा अभिलेख राखिनेछ । जसले कर संकलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास नगरपालिकाले लिएको छ।


    नगर प्रमुख बासुदेव थापाले सो प्रणालीको शुभारम्भ गर्दै नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए । डिजिटल घर नम्बर प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख थापाको भनाई थियो । 

    dijital main.jfif

    कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्यांक व्यवस्थापनलाई व्यवस्थित बनाउने बताए । डिजिटल घर नम्बर प्रणाली लागू भएसंगै सेवा प्रवाहलाई छिटो छरितो बनाउनेदेखि आपतकालीन सेवाहरू तत्काल पुर्याउँन सहयोग पुर्‍याउने आचार्यको भनाई थियो । 

    शुभारम्भ कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नम्बर २ का प्रदीप कार्की, वडा नम्बर ३ का दिपेन्द्र केसी, वडा नम्बर ४ का लछुराम न्यौपानेको सहभागिता रहेको थियो । त्यसैगरी वडा नम्बर ६ का ईश्वर खड्का र वडा नम्बर १० का शिवराम राउत तथा कार्यपालिका सदस्य सुनील भुजेललगायत जनप्रतिनिधिहरु पनि सहभागि थियो।

    त्यसैगरी  शुभारम्भ कार्यक्रममा नगरपालिका पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, योजना तथा नीति शाखा प्रमुख पुष्पराज न्यौपाने, जिन्सी शाखा प्रमुख माधव सुवेदीको उपस्थिति रहेको थियो । त्यस्तै प्रशासन शाखा प्रमुख राजेन्द्र नेपाल, सुचना प्रबिधि शाखा प्रमुख सौरभ नेपाल लगायत कर्मचारी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij