भक्तपुर औद्योगिक व्यापार महोत्सव चैत्रको अन्तिमसाता

भक्तपुर औद्योगिक व्यापार महोत्सव चैत्रको अन्तिमसाता

शनिवार, चैत्र ७ २०८२
शनिवार, चैत्र ७ २०८२
  • भक्तपुर औद्योगिक व्यापार महोत्सव चैत्रको अन्तिमसाता

    भक्तपुर । भक्तपुरको सल्लाघारीमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर प्रत्येक वर्ष आयोजना हुंदै आएको भक्तपुर औंधोगिक मेला चैत्रको अन्तिमसातादेखि वैशाख पहिलोसातासम्म सञ्चालन हुनेछ । 

    भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने उदेश्यका साथ औद्योगिक शान्ति नेपाल संस्थाले यो महोत्सवको आयोजना गरेको हो । यस पटकको मेलाको आकर्षणका रुपमा लण्डन बृज हुने बताइएको छ । आयोजक संस्था ‘औद्योगिक शान्ति नेपाल’का अध्यक्ष सन्दीप महतका अनुसार, उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्यदेखि अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो । 

    एक सय ५० भन्दा बढी स्टल रहने महोत्सवमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका वस्तुहरू जस्ता सामग्रीहरू बिक्रीका लागि राखिने भएको छ । त्यसका अलवा महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स र मोबाइलका सामग्रीहरूको प्रदर्शनी समेत गरिने अध्यक्ष महतले बताए । 

    महोत्सवमा बालबालिकाका लागि आकर्षक खेल साधनहरु रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायत व्यवस्था गरिएको छ । त्यसैगरी विभिन्न किसिमका परिकारहरूसहितको खाना महोत्सव, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, फेसन शो, नृत्य तथा हास्य व्यङ्ग्य कार्यक्रमहरू दैनिक रुपमा हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij