भक्तपुर–२ मा राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कसकाे कति मत ?

भक्तपुर–२ मा राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कसकाे कति मत ?

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • भक्तपुर–२ मा राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कसकाे कति मत ?

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले फराकिलो अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणाम अनुसार खत्रीले ४० हजार १८१ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ४३२ मत पाएका छन् भने नेपाली कांग्रेसका कविर राणाले ८ हजार २०० मत प्राप्त गरेका छन् ।

    त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका दिपशिखाले १ हजार २७८ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रमेश वैद्यले ३ हजार ६०२ मत पाएका छन् ।

    मतगणना जारी रहँदा खत्रीले अन्य उम्मेदवारभन्दा ठूलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij