भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजिव खत्रीले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणाम अनुसार खत्रीले ३४ हजार ७०२ मत प्राप्त गरी अन्य प्रतिद्वन्द्वीलाई ठूलो अन्तरले पछि पार्न सफल भएका छन्।
अन्य उम्मेदवारहरूमा नेकपा एमालेका महेश बस्नेत ८ हजार ३५१ मत, नेपाली कांग्रेसका कबिर राणा ७ हजार ३२१ मत, नेकपा (माओवादी केन्द्र) का रामप्रसाद सापकोटा १ हजार ११४ मत, र नेमकिपा का रमेश वैद्य २ हजार ९४१ मत प्राप्त गरेका छन्।