भक्तपुर–२ मा रास्वपाका राजिव खत्री २५ हजारभन्दा बढी मतले अगाडि

भक्तपुर–२ मा रास्वपाका राजिव खत्री २५ हजारभन्दा बढी मतले अगाडि

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • भक्तपुर–२ मा रास्वपाका राजिव खत्री २५ हजारभन्दा बढी मतले अगाडि

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले फराकिलो अग्रता कायम गरेका छन् ।

    आज बिहान ०६:३० बजेसम्मको मतपरिणाम अनुसार खत्रीले ३३ हजार १३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले ८ हजार ३४ मत ल्याएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसका कविर राणाले ६ हजार ९९५ मत पाएका छन् भने नेकपाका दिपशिखाले १ हजार ५८ मत प्राप्त गरेका छन् ।

    यसैगरी नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २ हजार ४५४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापाले ८७३ मत प्राप्त गरेका छन् ।

    हालसम्मको परिणाम अनुसार रास्वपाका खत्री करिब २५ हजार मतान्तरले अग्रस्थानमा रहेका छन् । मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij