भक्तपुर–२ मा रास्वपाका राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कस्काे कति मत ?

भक्तपुर–२ मा रास्वपाका राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कस्काे कति मत ?

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • भक्तपुर–२ मा रास्वपाका राजिव खत्रीको फराकिलो अग्रता, हालसम्म कस्काे कति मत ?

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले फराकिलो अग्रता कायम गरेका छन् ।

    हालसम्म १२ हजार २ मत गणना हुँदा खत्रीले ७ हजार २ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २ हजार ५३८ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसका कबिर राणाले १ हजार १५८ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १६९ मत पाएका छन् ।

    हालसम्म रास्वपाका खत्री र एमालेका बस्नेतबीच ४ हजार ४६४ मतको अन्तर रहेको छ ।

    निर्वाचन अधिकृतका अनुसार हालसम्म ३११ मत बदर भएका छन् भने मतगणना जारी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij