भक्तपुर । भक्तपुरमा दुवै क्षेत्रमा मतगणना शुरु गरिएको छ । मध्यरातदेखि जिल्लाका दुवै क्षेत्रमा मतगणना शुर गरिएको हो । भक्तपुरको दुुई नम्वर क्षेत्रको पहिलो अपडेटमा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन ।
५२५ मत गन्दा बस्नेतले २४२ मत पाएका छन् । त्यस्तै राश्वपाका राजिव खत्रीले २१८ मत सहित दोश्रो स्थानमा रहेका छन् । कांग्र्रेसका कविर राणाले ३२ मत पाउँदा नेपाल मजदुर किसान पाटीका उमेद्वारले २२ मत पाएका छन् । माटोले ५ मत, हलोले ३ मत, चिमले २ मत र ताराले १ मत ल्याएका छन् ।